Guest Column

>> Monday, May 4, 2015

आमा को वेदना 

अघि भर्खरै मात्र
सुनौला सपनाका असीम जिजीविषाहरूमा
मदहोश थिइन मेरी आमा
अनि अहिले  ती सबै सपनाहरु
छरपष्ट आखां अगाडि सुकाएकी छिन।
असैह्य वेदना र पीडा मन भरि बोकेर
आज मेरी आमा
अभिशप्त अकिन्चन हात फैलाएर
विक्षिप्त जिन्दगीको अर्थ खोज्दै छिन्
अफ्नै मझेरीमा।
 
मझेरी पनि कहां छ र यहां
सबै मरुभूमी भएको छ।
दैलो र आंगन पखाल्दै बगेका रगतहरु
रछ्यानका बालुवाहरुमा विलीन भएका छन।
अनि लाचार अनिर्णित  जिन्दगीहरु
बर्तमानको वेजोड अट्टहासमा
निरीह यथार्थ बोकेर
गोरेटो विहीन  भविस्यमा
समाहीत हुदैछन् ।
 
यहां,
समयको भीमकाया तारकाशुरहरु
निर्लज्ज भौंतरिरहेका छन्
निर्बोध मेरी आमाको पोल्टाभरि
खण्डहर  भित्र रुमल्लिरहेको
बर्तमानको बिस्कुन सुकाउदै।
 
यहां,
चारै तिर  कोलहाल छ
जीवन छजीवन छैन
विगत छविगत छैन
अनिर्णित आगतको पर्खाइमा
अभिशप्त वर्तमान छ
आंशु र रगतले भिजेको आमाको
चीसो निश्वास छ
अनि,  अभिशप्त यो जिन्दगी
आमाको क्रन्दनमा
धड्किदै छ, धड्किदै छ, धड्किदै छ।
 
मोहन कृष्ण श्रेष्ठ
सरे, क्यानाडा
 
२५ अप्रिल २०१५

0 comments:

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP