Wednesday, September 10, 2008

चन्द्रमालाई ब्रिहस्पतिको शुभकामना

अजय प्रधान | सेप्टेम्बर १०, २००८

मध्यरातमा उठी, आकाश तिर हेरी
चन्द्रमालाई सम्बोधन गर्छ त्यो ब्रिहस्पति।

म गायक होइन, नत्र म
आज तिम्रो गीत गाउँथे।

संगीतकार पनि होइन, नत्र म
आज तिमीलाई संगीतको धूनले बोलाउँथे।

प्रक्रिती होइन, नत्र म
आज तिमीलाई फूलले सिँगार्थे।

कलाकार पनि होइन, नत्र म
आज तिम्रो चित्र कोर्थे।

न त हुँ म देवता नै, नत्र म
आज तिमीलाई यो संसार नै दिन्थे।

म त सिर्फ तिम्रो उपासक हुँ
चन्द्रमाको सामुन्ने जाबो एउटा तारा हुँ।

म खास हुँ नै के र
तिम्रो लागि केही गर्न सकुँ?

म सँग छ नै के र
तिमीलाई दिन सकुँ?

सिवाय मुटुभरिको माया
अनी मन भरिको शुभकामना।

अनी आजको तिम्रो बिशेष उत्सबमा
मेरो पनि सहभागिता।



I believe this photo was taken from MystyIsles of St. George Island, Alaska. The photo shows the luminous moon and a tiny-looking Jupiter (ब्रिहस्पति) to the lower left of the Moon. Click on the photo to enlarge it.

Photographer: Unknown
Photo source: http://www.mystyisles.net/MystyIsles_4.htm

No comments:

Post a Comment