Showing posts with label NepaliLit. Show all posts
Showing posts with label NepaliLit. Show all posts

चन्द्रमालाई ब्रिहस्पतिको शुभकामना

>> Wednesday, September 10, 2008

अजय प्रधान | सेप्टेम्बर १०, २००८

मध्यरातमा उठी, आकाश तिर हेरी
चन्द्रमालाई सम्बोधन गर्छ त्यो ब्रिहस्पति।

म गायक होइन, नत्र म
आज तिम्रो गीत गाउँथे।

संगीतकार पनि होइन, नत्र म
आज तिमीलाई संगीतको धूनले बोलाउँथे।

प्रक्रिती होइन, नत्र म
आज तिमीलाई फूलले सिँगार्थे।

कलाकार पनि होइन, नत्र म
आज तिम्रो चित्र कोर्थे।

न त हुँ म देवता नै, नत्र म
आज तिमीलाई यो संसार नै दिन्थे।

म त सिर्फ तिम्रो उपासक हुँ
चन्द्रमाको सामुन्ने जाबो एउटा तारा हुँ।

म खास हुँ नै के र
तिम्रो लागि केही गर्न सकुँ?

म सँग छ नै के र
तिमीलाई दिन सकुँ?

सिवाय मुटुभरिको माया
अनी मन भरिको शुभकामना।

अनी आजको तिम्रो बिशेष उत्सबमा
मेरो पनि सहभागिता।



I believe this photo was taken from MystyIsles of St. George Island, Alaska. The photo shows the luminous moon and a tiny-looking Jupiter (ब्रिहस्पति) to the lower left of the Moon. Click on the photo to enlarge it.

Photographer: Unknown
Photo source: http://www.mystyisles.net/MystyIsles_4.htm

Read more...

सहयात्री

>> Thursday, August 28, 2008

अजय प्रधान | अगस्ट २८, २००८

बिहानीको
शितलतामा
बिउँझन्छ
त्यो यात्री
डाँडा पारी जाने उस्को
उड्छ उमंग
माथि ।

आशा
त्रिस्ना
अपेक्ष्या बोकी
हिँड्छ उ सोची
यात्रामा उस्को
समयले साथ् पो
छोड्ने होकी ।

चौबाटोमा
भेट्छ उस्ले
एउटी सहयात्री
हिन्ड्छन दुबै
सँग सँगै
नपरुन्जेल
रात्री ।

जब पुग्छन
डाँडा पारी
भन्छिन सहयात्री
पुग्यो तिम्रो
साथ् अब
जान देउ साथी ।

बस्छन उनी
टोलाएर
भारी मन लीइ
हराउछ
मुस्कान उस्को
सहयात्रीलाई
सम्झी ।









































Photo Credits and Notes:

1. B/W Photo of the little hoy and the little girl holding hands: Not sure who the photographer is, but I found it in a blog http://jacmeows.blogspot.com/2007_07_01_archive.html owned by JacLin (Jacqueliine) Wong. Since I found it in her blog, I'll give her the credit.

2. I shot the second picture, which of the Pitt Lake in Pitt Meadows, British Columbia, Canada, in 2004.

Read more...

गन्तब्यको खोजी मा

>> Friday, July 25, 2008

अजय प्रधान | जुलाई २५, २००८

आज मेरो मन उदास उदास छ।
जीवनलाई बुझ्ने र
जीवनका सुमधुर सपनाहरु लाई
समेट्ने चेस्टा गर्दा गर्दै
जीवनका पीडा सँग जुध्न
वाध्य ब्यक्ति भएको छु।
लाग्छ म आज पनि
यो जीवन को
चौबाटोमा उभिएको छु।
म आफुले आँफैलाई
प्रश्न गरिरहेको छु आज,
मेरो जीवनको गन्तब्य कहाँ हो?
लाग्छ म अझै पनि
अतित, बर्तमान र भबिश्य लाई
बुझ्ने चेस्टा गर्दै छु।
लाग्छ म आज
कता कता हराएको छु
अनी आफुले आँफैलाई
खोज्ने चेस्टा गरि रहेको छु।
म आँफैले आँफैलाई
प्रश्न गरिरहेको छु
के मैले आँफैलाई
भेट्टाउन सक्छु?
समय को कठोर्
कालचक्र लाई
बिपरित दीशामा
धकेल्न नसक्ने बिबसतामा
म बाँधिएको छु।
समयको जटील अन्तरालले गर्दा
लाग्छ आज मैले आफ्नो
सुमधुर सपनालाई हराएको छु।
म अझै आफ्नो जीवनको
गन्तब्यको खोजीमा छु।


Note:
For those of you who are unfamiliar with the above text, "poem" is written in Nepali. You can hardly call it a poem and this is pure fiction. It does not really reflect my sentiments or feelings. I just wrote it when I was trying out Unicode Nepali Converter, which is a nifty little software that allows you to type in Roman (i.e., English) and get instant, almost real-time, conversion of the text into Devnagari (i.e., Nepali). It took me about 15 minutes to write this, which probably explains the sophomoric, even juvenilistic, character of the "poem". Don't pay attention to the "poem", but I want you, the readers, to think about the technology, without which it would have taken hours for me to write what I wrote. My keyboard doesnt come in Nepali. I understand the Unicode Nepali Converter program was developed by Deepak Khanal, a software engineer. My congratulations and a big thank you to him. I love this software.

Link to Unicode Nepali Converter:
http://www.unicodenepali.com/v3/index.html

Link to Unicode Nepali Converter and Tools:
http://www.unicodenepali.com/

Read more...

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP