उद्धारको नयाँ नियम

>> Tuesday, May 26, 2015

भत्किएको घरको भग्नाबशेसमुनि
थिचिएको एक सिकिस्त घाइते
भाँचिएका हात खुट्टा
रगताम्य शरीर,गहिरा घाउ
असह्य पीडाको साथ
जीवन मरणको दोसाँधमा।
भर्खरै पुगेका एक
सरकारी उद्धारकर्मि
घाइतेको घाउ होइन
पहिले उनको छालाको रंग जाँच्छ,
उनको भाँचिएका हाड नाजाँचि
उनको थर र ठेगाना सोध्छ,
उनलाई भग्नाबशेसबाट उद्धार नगरी
पहिले उनको इतिहास केलाउँछ।
उद्धारकर्मि मानवीय उद्धार होइन
ऊनिलाइ त इतिहासको गल्ती सुधार्नु छ,
उद्धार भन्दा पहिले उनलाई
राजनीतिक समायोजन जो गर्नु छ,
उद्धारको नयाँ नियम जीवन मरण होइन
घाइतेको सामाजिक परिबेश पो बनेको छ।

अजय प्रधान । मे २६, २०१५

0 comments:

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP